Light Nepal

साहित्यकार राईको निधन

काठमाडौ,२२ फागुन : प्रख्यात साहित्यकार इन्द्रबहादुर राईेको ९० वर्षको उमेरमा निधन भएको छ । १९८४ साल माघ १७ गते दार्जिलिङको खर्साङमा जन्मिएका राईको मंगलबार निधन भएको हो । राई नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व हुन् ।

उनले २०१० को दशकमा आधार, भारती, दियो, दियालो र रुपरेखा जस्ता चर्चित साहित्यिक पत्रिकामा आफ्ना साहित्य प्रकाशन गरेर स्थापित भएका थिए।केही वर्षयता राई स्वास्थ्यका विविध समस्या खेपिरहेका थिए।

उनी उपचारका लागि गत वर्ष काठमाडौं समेत आएका थिए।लीलालेखनका सुरुवातकर्ता तथा आयामेली साहित्यका सर्जक राईको ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘कठपुतलीको मन’ लगायतका सिर्जनाहरु प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस्