Light Nepal

नेपाल आइडलका टप थ्री बिजेताहरु ‘नयाँ बर्ष सांगीतिक साँझ २०७५’ का लागि इजरायल आउदै, कार्यक्रमको भब्य तयारी

इजरायल –  नेपालकै पहिलो चर्चित रियालिटी शो नेपाल आइडलका टप थ्री बिजेताहरु ‘नयाँ बर्ष सांगीतिक साँझ २०७५’ का लागि इजरायल आउने भएका छन् । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुख्य आयोजनामा इजरायलमा नेपाली नयाँ बर्ष सांगीतिक साँझ २०७५ आयोजना हुने भएको छ ।


परिषदले यहि अप्रिल १३ शुक्रबार नेपाली नयां वर्षमा आयोजना गर्ने विशेष कार्यक्रममा नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाललाई इजरायल ल्याउने अन्तिम तयारीमा जुटेको आयोजक संघका महासचिव तेन्जिङ शेर्पाले जानकारी दिएका छन् ।

कार्यक्रम इजरायलमा रहेका नेपालीहरुकालागि आइपर्ने आपतकालीन अवस्थामा प्रयोगार्थ कोष वृद्धिका लागि गर्न लागिएको आयोजकले जानकारी दिएका छन् । शेर्पाका अनुसार कार्यक्रमलाई सफल बनाउन इजरायलमा रहेका सबै सामाजिक संस्था, पत्रकारलगायत इजरायलमा बस्ने नेपालीहरुलाई सहयोगका लागि अपिल गरेका छन् । कार्यक्रमलाई भव्रुपमा प्रचारप्रसार गर्दै सफल बनाउन आयोजकले कार्यक्रमको पहिलो पोस्टर बाहिर ल्याएको छ । लाइटनेपाल डटकम कार्यक्रमका लागि मिडिया पार्टनरका रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्