Light Nepal

अमेरिकी राष्ट्रपति ट्रम्पका विषयमा आयो यस्तो झुटो खबर

काठमाडौं, १७ फागुन । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि प्रस्ताव गरिएको खबर झुटो हुन सक्छ । नोबेल पुरस्कार समितिले यस विषयमा चिन्ता समेत प्रकट गरेको छ ।

ट्रम्पको नाम उनको बलपूर्वक शान्ति विचारधाराका लागि एक अज्ञात अमेरिकीले प्रस्ताव गरेको खबर आएको थियो ।

नोबेल संस्थानका निर्देशक ओलाभ नियोलस्ट्याडले ट्रम्पको नाम सिफारिश गरिएको कुरा झुटो हुनसक्ने बताए ।

उनले नर्वेको एक सञ्चारमाध्यम एनआरकेलाई भने, ‘ट्रम्पको नामांकन सिफारिश झुटो भएको मान्ने ठोस कारण हामीसँग छ भन्न सक्छु म ।’

उनले भने, ‘यस्तो फर्जी नामांकन अघिल्लो वर्ष पनि शायद भएको थियो ।’

नोबेल शान्ति पुरस्कारको सिफारिश प्रत्येक वर्ष ३१ जनवरीसम्ममा दिइसकिन्छ र विजेताको घोषणा अक्टोबरको शुरूतिर गरिन्छ ।

सिफारिश भएका नामलाई अघि बढाउने अधिकार सीमित व्यक्तिहरूमा मात्र छ ।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्