Light Nepal

अमेरिकामा घट्दैछ डोनाल्ड ट्रम्पको ‘क्रेज’

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा लगातार गिरावट आएको छ । एक समाचार च्यानलको सर्भेमा उनलाई हालसम्मकै कम रेटिङ मिलेको छ । यस पटक उनलाई केबल ३५ प्रतिशत समर्थन मिलेको छ । डिसेम्बरमा यो आंकडा ४० प्रतिशत थियो । जनवरीमा सकारात्मक अर्थव्यवस्थाका कारण उनलाई राम्रो रेटिङ मिलेको थियो ।

फ्लोरिडामा भएको गोली काण्डपछिको सर्भेमा ५४ प्रतिशत मानिसले उनको हतियार नीतिको अस्वीकार गरेका थिए । तर हतियार राख्ने ५२ प्रतिशतले भने ट्रम्पलाई राम्रो रेटिङ दिएका छन् ।

अन्य मानिसका साथसाथै यस पटक ट्रम्पको रिपब्लिकन पार्टिले पनि उनलाई अहिलेसम्मकै कम रेटिङ दिएका छन् ।सेप्टेम्बरमा ८१ प्रतिशतको तुलनामा यस पटक उनलाई ८० प्रतिशत नेताले मात्रै समर्थन गरेका छन् । कम रेटिङ पाउनेमा ट्रम्पले पूर्व राष्ट्रपतिलाई पनि पछाडि पारेका छन् । १९८२ मा रोनाल्ड रेगन र १९७८ मा जिमी कार्टराई ४७ प्रतिशत रेटिङ मिलेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्