Light Nepal

विदेशमा बस्ने युवालाई राजिव पहारीको सन्देश, ‘विदेशवाट सिप लिएर आउनुस् अवसर हामी दिन्छौं’ (भिडियो सहित)

काठमाण्डौ, १४ फागुन । युवासंघका अध्यक्ष तथा प्रदेश ४ का सांसद राजिव पहारीले विदेशमा श्रम गर्न गएका नेपाली युवालाई नेपाल फर्कन आग्रह गरेका छन् । उनले विदेशमा सिकेको सिप अब नेपालमै प्रयोग गर्ने समय आएको भन्दै पहाडीले यस्तो आग्रह गरेका हुन् ।

लाइट नेपालको लाइट सम्बादमा श्रृजना आचार्यसंग कुराकानी गर्दै पहारीले विदेशमा श्रम गरेका नेपालीले नै नेपाललाई फेलियर हुनवाट बचाएको भन्दै उनले अब नेपालमै अवसर सिर्जना गर्ने बेला आएको बताए । “विदेशमा बस्ने नेपालीले पठाएको रेमिटेन्सवाट नेपाल फेलियर हुनवाट जोगिएको हो, उनले भने, अब युवा भविष्यका कर्णधार होइन वर्तमानका साझेदार हुन् भन्ने कुराको पुष्टि गर्ने बेला आएको छ ।”

उनले प्रदेश र प्रतिनिधि सभा निर्वाचनले थुप्रै युवालाई राज्यको कार्यन्वयन तहमा पुर्याएकाले अब युवा केन्द्रित कार्यक्रम संचालन गरीने बताए । “१६ देखि ४० वर्ष समुहका युवा लक्षित कार्यक्रम ल्याउँछौं, उनले भने त्यसका लागि योजना बनाउँदैछौं ।”

उनले विदेशमा वसरे नेपालमा यस्तो हुनुपर्छ भन्ने होइन नेपालमै आएर यसरी काम गनुपर्छ भन्ने बेला आएको उनको भनाई छ । “म दुई हात जोडेर आग्रह गर्छु उनले भने, विदेशमा सिकेको सिप र दक्षता लिएर नेपाल फर्कनुस्, हामीलाई सुझाव र सहयोग गर्नुहोस् ।”

युवा नेता पहारीले अबको पहिलो प्राथमिकता नै राजनीतिक स्थायित्व र शुसासन भएकाले युवा निरास हुन नपर्ने बताए । “दुई पार्टी एक भएको त्यसैका लागि हो उनले भने, अब ५ वर्षमा नेपाललाई विकासशिल मुलुक बनाउने हाम्रो जिम्मा भयो ।”

नेता पहाडीले दुई पार्टी एक भइसकेको भन्दै केही राजनीतिक र संचरनात्मक ढाँचा मिलाउन मात्र बाँकी रहेकाले सरकार विस्तारमा ढिलाई भएको बताए । उनले एमालेले अघि सारेको जनताको वहुदलिय जनवादको सान्दर्भिकता अझ झन बढी भएको बताएका छन् । माओवादीले शसस्त्र संघर्ष छोडेर शान्ति प्रकृयामा आउनुले त्यसलाई पुष्टि गरेको बताए । “विचारमा कुनै बिबाद छैन, नाममा केही फेरवदल गर्न सकिएला तर जवजको सान्दर्भिकता अझ बढेर गएको छ उनले भने, त्यसैले जवजलाई आत्मसात गरेर जाने कुरामा केही समस्या हुदैन ।”

उनले प्रदेश ४ को समृद्धि र विकासका लागि चिनको केरला नाका र भारत तर्फको भैसिलोटन नाका खुलाउने तर्फ पहल गर्ने बताए । प्रदेश सांसद पहारीले केही दिन भित्र प्रदेश ४ को राजधानी र नामाकंनको टुंगो लगाउने बताएका छन् । “प्रदेश ४ मा कुनै विवाद छैन प्रदेश राजधानी र प्राकृतिक श्रोत साधनका नामवाट प्रदेशको नामाकरण गर्छौ, उनले भने, यो महिना भित्र सबै टुंग्याउँछौं ।”

प्रतिक्रिया दिनुहोस्