Light Nepal

पशुपतिनाथले सबैको कल्याण गरुन ! आजको राशिफल : बि.सं. २०७४ साल फाल्गुन ११ गते शुक्रबार तदानुसार फेब्रुवरी २३ तारीख

आज श्री शाके १९३९ बि.स. २०७४ साल फाल्गुन ११ गते शुक्रबार इश्वी सन २०१८ फेब्रुवरी २३ तारीख फाल्गुन शुक्ल पक्ष अष्टमी तिथी चन्द्रमा वृष राशिमा सुर्य उत्तरायण शिशिर ऋतु अष्टमीव्रत गोरखकाली पूजा होलिकारम्भ चिरोत्थान चिरस्वाय – ज्यो.पं. सरोज घिमिरे 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बादबीवाद को झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ । तपाईको बाणीकोगलत अर्थ लाग्न सक्छ बोल्दा होशपूर्याउनु होला । प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । प्रेमी प्रेमीका बिचको सम्बन्धमा केहि सुधार आउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आर्थीक क्षेत्र मध्यम रहनेछ । पतिपक्क्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान्य कार्यमा ज्यादा समय ब्यतित हुनसक्नेछ । परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । दाम्पत्य शुखमा सामान्य खराबि आउन सक्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । साधारण यात्राको सम्भाबना रहको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ । खानपानमा ध्यान दिनु होला । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । लगानिको क्षेत्रमा राम्रो समय रहेको छ । भोज भतेरमा सरीक हुने अबसर जुट्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ । आफ्नु लापरवाहिले धनमालको क्षति हुन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बिद्या प्राप्तिको रहेको छ । पारीबारिक मनोरञ्जका क्षेत्रमा समय ब्यतित रहने छ । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन । सामाजीक कार्यका निम्ति साधारण खर्च हुन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । अरुको दबाबको अनुभब हुन सक्नेछ । सभा सम्मेलनमा सरीक हुने अबसर जुट्नेछ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिश्पदा मुलक कार्यमा तपाई अब्बल रहनु हुनेछ । शुभ चिन्तकहरुको प्रयाप्त साथ प्राप्त हुनाले कार्यसम्पादनमा सहजता रहनेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

प्रतिक्रिया दिनुहोस्