Light Nepal

साइकलमा सवार ऋतिक रोशन सडकमा पापड बेचिरहेको अवस्थामा क्यामराभित्र कैद भए…. (फोटो फिचरसहित)

एजेन्सी – अभिनयमा डुबेपछि आफ्नो वास्तविकलाई पनि भूल्नसक्ने क्षमता एउटा अद्भूतपूर्ण कला हो । त्यस्तो अद्भूत कला अहिले बलिउड अभिनेता ऋतिक रोशनले प्रस्तुत गरेका छन् ।

अभिनेता ऋतिक रोशनको केही फुटेजहरु सार्वजनिक भएको छ जसमा उनी जयपुरभन्दा करिब ९० किमी टाढाको एउटा सडकमा पापड बेचिरहेको अवस्थामा क्यामराभित्र कैद भएका छन् । उक्त तस्विरमा ऋतिकको हुलिया र अवस्था देखेर उनलाई चिन्ने सायदै कोही होलान् । साइकलमा सवार ऋतिक पापडको ठेलाका साथ ग्रामिण युवकको भेषमा सडकमा भौतारिरहँदा पनि उनलाई कसैले चिनेका थिएनन् ।

उक्त हुलिया र पापड व्यापार उनको नयाँ अपकमिङ फिल्म ‘सुपर 30’ को सिनका केही भागहरु हुन् । फिल्ममा उनी सुपर ३०  का संस्थापक आनन्द कुमारको भूमिकामा देखा पर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्