Light Nepal

आफु कंगाल बनेको त्यो दिन पनि देखे यी बलिउड कलाकारहरुले ! जो अहिले खरब पति छन्

एजेन्सी – बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।

यिनीहरुलाई देख्दा लाग्छ कि यिनीहरुलाई कहिल्यै दुख नै पर्दैन । तर हर कोहि मानिसको जीवनमा कहिले सुख अनि कहिले दुख आइनैरहन्छ । र विश्वमै चर्चित यस्ता केहि बलिउडका कलाकार छन् जो जीवनमा एकपटक कंगाल हुनुपरेको थियो ।

अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चन अभिनयका हिसावले आजपनि विश्वभर निकै चर्चित छन् । र उनको लाइफस्टाइलपनि कुनै देशको राजाको भन्दा कम छैन । तर कुनै एक समय यस्तो थियो जुन बेला उनी कंगाल बनेका थिए । जुन समय उनको घर समेत लिलाम गरिएको थियो । ९० को दशकमा उनले आफ्नो सारा लगानी लगाएर एवीसियल कम्पनी खोलेका थिए जुन असफल भयो र उनको सवै लगानी डुब्यो । र उनीलाई ९० करोड ऋण लागेको थियो ।

जैकी श्रॉफ

जैकी कुनै समय आफ्नो करियरको उच्च स्थानमा पुगेका अभिनेता हुन् । तर उनले एक समया साजिद नाडियाडवालासँग ऋण लिएका थिए जुन उनले तिर्न सकेनन् र आफ्नो फ्ल्याट बेचेर ऋण तिर्न बाध्य भए ।

ए.के. हंगल

हंगल निकै राम्रो अभिनेतामा गनिन्छन् भने उनको व्यक्तित्प पनि निकै राम्रो थियो । उनी आफ्नो जीवनको अन्तिम दिनहरुमा पैसामो अभावमा बाचिँरहेका थिए । उनको साथमा आफ्नो रोगको उपचार गर्ने पैसा समेत थिएन ।

प्रतिक्रिया दिनुहोस्