Light Nepal

काठमाण्डौमा मोटरसाइकल चोरी गर्ने गिरोह चिन्नुहोस्, चावहिलको मित्रपार्कमा वदल्छन् नम्बर

काठमाडौं, १० फागुन । महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने काभ्रे घर भइ गोकर्णेश्वर बस्ने सुरेश तामाङ, सिन्धुपाल्चोकका उर्गेन लामा, प्रशान्त राई, छिरिङ तेन्जिङ शेर्पा र सुशील मगरलाई उपत्यकाका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेकाबाट चोरीका बा९०प ५२४६, बा ८८ प ३३९३, बा ९० प   ९१९० र बा७० प ८१३५ नम्बरको मोटरसाइकल तथा स्कुटर प्रहरीले बरामद गरेको छ ।

उनीहरुले चाबहिलको मित्रपार्कमा रहेको सेन्ड एस इन्टरप्राइजेजमा लगेर मोटरसाइकलको नम्बर परिवर्तन गरी बिक्री–वितरण गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंबाट मुलुकी ऐन चोरी महलअन्तर्गत् म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्