Light Nepal

संसारका सबैभन्दा बढी कमाउने १० फिल्म यि हुन्, जस्को ८ बर्ष देखि ‘अवतार’को रेकर्ड तोडिएन

काठमाडौं –  मार्वल स्टुडियोको फिल्म ‘ब्याक प्यान्थर’ बक्स अफिसमा जबरजस्त कमाई गरिरहेको छ । फिल्मले पाँच दिनमा २९०१ करोड कमाएको छ । जुन रफ्तारमा फिल्मले कमाइरहेको छ, त्यसलाई हेर्दा बक्स अफिसको रेकर्ड चाँडै तोड्ने देखिन्छ । यो फिल्म संसारका सबैभन्दा बढी कमाउने १० फिल्मको सूचीमा समावेश हुन्छ की हुँदैन ? भन्ने चासो बढ्न थालेको छ ।

हेर्नुहोस् सूची

१. अवतार

निर्देशक जेम्स क्यामरोनको फिल्म ‘अवतार’ पछिल्लो ८ बर्ष देखि संसारको सबैभन्दा बढी कमाउने फिल्म बनेको छ । १८ डिसेम्बर २००९ मा रिलिज भएको यो फिल्मले १९७८ को सुपरहिट फिल्म ‘टाइटनिक’को रेकर्ड तोडेको थियो । ‘अवतार’ विश्वभरबाट १८ हजार ३३ करोड कमाएको थियो ।

२. टाइटानिक

१९९७ मा रिलिज भएको यो फिल्मले विश्वभरबाट १४ हजार ३०४ करोड कमाएको थियो ।

३. स्टार वार्स (द फोर्स अवाकेन्स)

२०१५ मा रिलिज भएको यो फिल्मले विश्वभरबाट १३ हजार ३३५ करोड कमाएको थियो ।

४. जुरासिक वल्र्ड

२०१५ मा रिलिज भएको यो फिल्मले विश्वभरबाट १० हजार ८२८ करोड कमाएको थियो ।

५. द एभेन्जर्स

२०१२ मा आएको यो फिल्मले विश्वभरबाट ९ हजार ८४२ करोड कमाउँदै सबैभन्दा बढी कमाउने फिल्मको सूचीको पाँचौ स्थानमा रहन सफल भयो ।

६. फ्युरियस ७

२०१५ मा रिलिज भएको यो फिल्मले विश्वभरबाट ९ हजार ५८३ करोड कमायो ।

७. ह्यारी पाेटर एन्ड डेथी हलोजः पार्ट २

२०११ मा आएको यो फिल्मले विश्वभरबाट ९ हजार ६८९ करोड कमाउन सफल भएको थियो ।

८. एभेन्जर्स ऐज अफ अल्ट्रोन

२००५ मा रिलिज भएको यो फिल्मले ९ हजार १२१ करोड कमाएको थियो ।

८. स्टार वार्स (द लास्ट लेडी)

२०१७ मा आएको यो फिल्मले ८५७१ करोड कमाएको थियो ।

१० फ्राेजन

२०१३ मा आएको यो फिल्मले ८ हजार २५४ करोड कमाएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्