Light Nepal

डा. केसीको शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति कसरी फरक ?

काठमाडौं, ९ फागुन । प्रधान न्यायधीस गोपालप्रसाद पराजुलीले फरक फरक जन्ममिति पेश गरेर जागिर खाइरहेकोप्रति प्रश्न उठाउँदै आएका डा. गोविन्द केसीको पनि शैक्षिक योग्यताका प्रमाणपत्रमा फरक फरक जन्ममिति देखिएको छ ।

कसरी यस्तो भयो त ? बुधबार पत्रकार सम्मेलन गर्दैै केसीले सार्वजनिक गरेका शैक्षिक योग्यताका प्रमाणपत्र र एसएलसीको चारित्रिक प्रमाणपत्रमा फरक मिति देखिएको हो । केसीको एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्म मिति २०१३ माघ २४ गते छ भने अन्य सबै प्रमाणपत्रमा जन्ममिति २०१३ असोज २७ गते उल्लेख छ । केसीले त्यस्तो त्रुटीलाई मानवीय भनेका छन् ।

 

प्रधानन्यायधीस पराजुलीलाई पनि उनले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र खुला रुपमा सार्वजनिक गर्न चुनौती दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्