Light Nepal

लालबाबु पण्डितले वातावरण जोगाउन गरे यस्तो पहिलो निर्णय

काठमाडौं, ९ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण सुरक्षाका लागि मन्त्री बनेपछि पहिलो निर्णय गरेका
छन् । उनले त्यसका लागि नयाँ क्रसर उद्योगको अनुमति रोक्का गर्ने पहिलो निर्णय गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेपछि पण्डितले वातावरण विगार्न मुख्य भुमिका खेल्ने क्रसर उद्योग संचालन गर्न अब नयाँलाई अनुमति नदिने निर्णय गरेका हुन् ।

पुराना क्रसर उद्योगले समेत वातावरणमा प्रतिकुल असर पारेको मुल्याकंन गर्दै मन्त्री पण्डितले यस्तो निर्णय गरेका हुन् । मन्त्रीले वातावरण विगार्ने गरी संचालन भएका क्रसर उद्योगको अनुमति समेत खारेज गर्ने भएका छन् । त्यसका लागि अनुसन्धान सुरु गर्ने निर्णय समेत भएको
छ ।

प्रतिक्रिया दिनुहोस्