Light Nepal

चितवनमा पुगेर सन्दिप लामिछानेले भने “मलाई नेपाली हुनुमा गर्व लाग्छ, नेपाललाई टेस्ट राष्ट्र बनाउन सफल भएमा आफ्नो जीवनकै सबैभन्दा ठूलो खुशी हुने छ” – (भिडियोसहित)

चितवन – भारतको आईपिएल क्रिकेटमा छनोट हुन सफल नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई आज आङ्ग†नो गृह जिल्ला चितवनमा पुगेका छन् । उनलाई त्यहाँ पुग्दा स्थानीयले स्वागत गरेका थिए ।

गृहजिल्ला चितवन आउने क्रममा भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आईपीएल छनौट हुनुमा आफ्नो बलिङको साथै सबैको योगदान रहेको बताए । “मैले दिल्लीमा ट्रायल दिएरै आफ्नो बलिङ देखाए, सबैको माया र सहयोगले गर्दा छनौट हुन पाए”–सन्दीपले भने। उनले आईपीएल खेल्ने इच्छा धेरैदेखि नै भएपनि छोटो समयमै यो सफलता पाउनु भने अविस्मरणीय रहेको बताए ।

पत्रकारहरुसंगको कुराकानीमा उनले भने दिल्लीका तर्फबाट प्लेइङ ११ लिष्टमा पर्नेमा आशावादी रहेको बताए । दिल्लीले सन्दीपलाई यो सिजनको आईपीएलका लागि २० लाख भारतीय रुपैयाँमा किनिसकेको छ । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु मा सन्दीप म्यान अफ टुर्नामेन्ट बनेपछि आईपीएल टोली दिल्ली डेयर डेभिल्सले पनि बधाई दिएको थियो । सन्दीपले प्रतियोगितामा १७ विकेट लिएका थिए ।

“डिभिजन टु मा पनि हामी सबैको मेहनतले विश्वकप छनौटमा पुगेका छौं, अब छनौट चरणमा टप टु हुँदै विश्वकप छनौट खेल्छौं ।” सन्दीपले नेपाललाई टेष्ट खेल्ने राष्ट्र बनाउने सपना संगालेको बताए । नेपाललाई टेस्ट राष्ट्र बनाउन सफल भएमा आफ्नो जीवनकै सबैभन्दा ठूलो खुशी मिल्ने सन्दीपको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्