Light Nepal

संयोजन समितिको बैठकमा उपेन्द्र यादवको प्रवेश, के होला संयोग

काठमाण्डौ, ७ फागुन । पार्टी एकिकरणका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार सांझ देखि एमाले र माओवादीका नेताहरु वार्तामा छन् । आजै पार्टी एकताको निर्णय आउने भनिएका कारण वालुवाटार प्रधानमन्त्री निवास वाहिर पत्रकारहरुको वाक्लो उपस्थिति छ ।

वार्ता चलिरहेकै बेला संघिय समाजवादी फोरमका नेता उपेन्द्र यादव वातास्थलमा प्रवेश गरेर निस्किएका छन् । उनले त्यहां करिब ४० मिनेट समय बिताएका छन् ।
नेता यादव एमाले नेता अग्नि खरेको गाडीमा वार्तास्थल पुगेका थिए । उनी ४० मिनट बैठकमा सहभागी भएर खरेलकै गाडीमा त्यहाँवाट वाहिरीएका छन् ।

वामगठबन्धनले निर्वाचनवाट वहुमत प्राप्त गरेपछि यादव र एमाले अध्यक्ष केपी शर्मा ओली बिच धेरै पटक वान टु वान वार्ता भएको छ । यादवले वामगठबन्धनको सरकारमा सहभागी हुने इच्छा देखाएका छन् । तर त्यसका लागि आफ्ना केही सर्त हुनुपर्ने माग फोरमको छ । आजको उनको वैठक स्थलमा भएको प्रवेशलाई पनि त्यसैको निरन्तरताका रुपमा बुझिएको छ ।  विरगञ्जमा रहेका यादव आइतवार मात्र काठमाण्डौ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्