Light Nepal

माओवादीवाट मुख्यमन्त्री बनेका शाही कालो बोका चढाएर सरकारी क्वार्टरमा

सुर्खेत, ७ फागुन । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही माओवादी केन्द्रका नेता हुन् । माओवादीले धर्मलाई अफिम भन्छ । तर माओवादीवाट प्रदेश ६ को मुख्यमन्त्री बनेका शाही   भने कालो बोका बली चढाएर सरकारी क्वार्टरमा सरेका छन् । उनले त्यसका लागि धार्मिक गुरुसंग साइत हेराएका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि उनी यसअघि होटलमा बस्दै आएका थिए । आइतवार विहान  उनले बोकाको बली दिएर यसअघि क्षेत्रीय प्रशासक बस्दै आएको वीरेन्द्रनगरस्थित क्वार्टरमा बस्न थालेका छन् । पण्डितले आइतवार साइत जुरेको भनेपछि उनी शुक्रवार र शनिवार होटलमा बसे ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कर्मचारीहरुले कालो बोकाको व्यवस्था गरेका थिए । मुख्यमन्त्री क्वार्टरमा पस्नुअघि कालो बोका ढालिएपछि त्यहाँ पुगेका माओवादीका केही सांसद, नेता र कार्यकर्ताहरु आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्