Light Nepal

वाम एकताका विषयमा मोहन वैद्य किरणको आयो यस्तो प्रतिकृया, ‘उनीहरुसँग मिलेर जान सकिन्न’

काठमाण्डौ, २ फागुन । नेकपा माओवादी ९क्रान्तिकारी० का अध्यक्ष मोहन वैद्यले एमाले र मओवादीको वाम गठबन्धनसँग आफ्नो पार्टी एकीकरण नहुने बताएका छन् । एमाले—माओवादी कम्युनिष्ट शक्ति नभई संसवादी गठबन्धन भएकाले उनीहरुसँग मिलेर जान नसक्ने वैद्यले स्पष्ट पारे।

‘व्यवहार हेर्दा उहाँहरु कम्युनिष्ट पार्टी हो कि होइन भन्ने देखियो। अब उहाँहरु र नेपाली काँग्रेसबीच के फरक छ र रु’, बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै अध्यक्ष वैद्यले भने, ‘समाजवाद त आखिर काँग्रेसले पनि भनिरहेको छ। उहाँ (एमाले—माओवादी) हरु पनि त्यही भनिरहनु भएको छ। राज्य सञ्चालनमा पुरानै मान्छे हावी भएका छन्।’

एमालेको हकमा आफूलाई भन्नु केही नरहेको उल्लेख गर्दै उनले माओवादी सिद्धान्तबाट विचलित भएको दाबी गरे। आफू भारतको जेलमा रहेका बेला माओवादीको चुनवाङ बैठकले गलत निर्णय गरेको वैद्यको भर्ना थियो।

प्रतिक्रिया दिनुहोस्