Light Nepal

सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का, बलर करण केसीको विस्फोटक ब्याटिङले नेपालले रच्यो इतिहास

काठमाडौं, २ फागुन  –विश्व क्रिकेट लिग डिभिजन टूको निर्णायक मानिएको क्यानडासँगको खेलमा नेपालले १विकेटको सनसनीपूर्ण जित निकालेकाे छ ।

जितसँगै नेपालको एक दिवसीय विश्वकप खेल्ने सपना साकार हुने सम्भावना बढेकाे छ । लगभग पराजयको नजिक पुगेको नेपाललाई जिताउन नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले रोमाञ्चक जित दिलाएका हुन् । उनले नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ४ छक्का, ३ चौकासहित ४२ रन बनाएका हुन् ।


पूरै नेपाली खेल उल्टाएका करण केसीले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाएर नटआउट रहे । सँगै नटआउट रहेका सन्दीप लामिछानेले १८ बलमा पाँच रनमात्र बनाए । नेपालको जितका लागि करणको प्रदर्शन सनसनीपूर्ण रहयो ।

डिभिजन–२ अन्तर्गत मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपालले क्यानडालाई हराउनैपर्ने बाध्यता थियो । मंगलबार आयोजक नामिबियाले केन्यालाई ८ विकेटको फराकिलो अन्तरले हराएसँगै नेपालले आफ्नो अन्तिम खेलमा क्यानडालाई हराउनैपर्ने बाध्यता बनेको थियो ।

केन्यालाई हराएपछि नामिबिया नेट रनरेटको आधारमा तालिकाको दोस्रो स्थानमा उक्लिएसँगै नेपालमाथि शीर्ष स्थानमा रहेको क्यानडालाई हराउनै पर्ने दबाब थियो । यद्यपी सुरुवाती अवस्थामा कमजोर प्रदर्शन गरेको नेपालका लागि करण केसी बरदान स्वरुप उदाएर नेपाललाई जित दिलाएरै छोडे ।

आयोजक नामिबियालाई पहिलो खेलमा पराजित गरेको नेपालले अन्तिम खेल पनि जित दर्ता गरेसँगै विश्वकप छनोट यात्रा पक्का भएको छ ।

नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो। त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्सलाई नेपालले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्