Light Nepal

नेपालले पार गर्यो अग्नी परिक्षा, नेपालद्धारा क्यानडा पराजित

काठमाडौं, २ फागुन । नेपालले नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा क्यानडालाई पराजित भएको
छ । बुधबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई १ विकेटले पराजित भएको हो ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा क्यानडाले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । योसंगै नेपाल डिभिजन टु को फाइनलमा पुगेको छ । यस्तै नेपालले मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।

डिभिजन टूको खेलको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै ठूलो झट्का लागेको थियो ।

छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको थियो । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्