Light Nepal

कोहलपुर औद्योगिक मेलामा छायो यस्तो रौनक

नेपालगन्ज, २ फागुन । कोहलपुरमा जारी कोहलपुर औद्यौगिक व्यापार तथा पर्यटन महोत्सवमा दिन दिनै रौनकता थपिदै गएको छ । महोत्सवको छैठौं दिन आज चर्चित राष्ट्रिय तथा कलाकारहरुले महोत्सवको माहोल तताएका छन् ।

चर्चित लोक तथा दोहोरी गायिका कला पंगेनीले पुरस्कार पच्चीस हजार बोलको गित गाउँदा दर्शकहरु कम्मर मर्काई मर्काइ नाचेका थिए । गायिका पंगनीले रोईला, झ्याउरे लगायत अन्य थुप्रै गित गाउँदा दर्शकहरु गितको तालमै नाचेका थिए । पछिल्लो समयका चर्चित गायक राजन राज शिवाकोटीले सुर्के थैली खोई बोलको गित गाउँदा महोत्सवको महोल नै उर्लियो । गायक शिवाकोटीले कुटुमा कुट बोलको गित गाउँदा त झनै महोत्सव आयोजक पदाधिकारीहरु सहित दर्शकहरु आ–आफ्नो ठाउमा नाचेर रमाएका थिए ।

शिवाकोटीले पुर्व पश्चिम रेल लयागत अन्य थुप्रै गितहरु गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो । यस्तै लोक गायक दिपक गरौजाले पनि आफ्ना गितहरु गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न भएको थियो । साथै चर्चित नृत्य निर्देशक शंकर विसी र नृत्यङ्गना अञ्जली अधिकारीको आधा दर्जन बढि गितमा नृत्य प्रस्तुत गर्दा दर्शकहरु मज्जैले झुमेका थिए ।

महोत्सवमा आज विभिन्न स्थानीय कलाकारहरुले पनि महोत्सव हेर्न आएका दर्शकहरुलाई मनोरञ्जन दिएका
थिए ।  यस्तै महोत्सको सातौ दिन भोलि लोकदोहारी गायिक राधिका हमाल, गायिका रेश्मा केसी, र हाँस्य कलाकार राजा राजेन्द्र पाख्रेल लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्