नेपाललाई एकपछि अर्को ठुलो झड्का : नेपालका ब्याट्सम्यान टिकेनन, जिताउने जिम्मा रोहित र आरिफको हातमा

लाइट नेपाल डटकम

काठमाडौं, फागुन २ –डिभिजन टूको खेलको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै ठूलो झट्का लागेको नेपालले पाँचौ विकेट गुमाएको छ ।

अब क्रिजमा रहेका रोहित कुमार पौडेल र आरिफ शेखलाई नै नेपाललाई जिताउने जिम्मा छ । अहिले रोहितले ३२ बलमा २२ र आरिफ शेखले ३५ बलमा १४ रन बनाएर खेलिरहेका छन् । अहिले ३४ ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाउँदै ११५ रन बनाएको छ । अब नेपाललाई जितका लागि ९६ बलबाट ८० रनकाे अावश्यकता रहेकाे छ ।

दिपेन्द्रसिंह ऐरी नेपालको पाँचौ विकेटका रुपमा ३८ बलमा एक चौकासहित १८ रन बनाएर आउट भएका छन् । उनलाई साद बिन जाफरले आउट गरे ।

चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भएका छन् । उनी साद बिन जाफरको बलमा एन आर किर्तनको हातबाट क्याचआउट भए ।

सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई दिलिप नाथले केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए । उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए । परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए ।

छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको छ । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com