Light Nepal

पांच नं. प्रदेशको पहिलो सभामुख पूर्ण बहादुर घर्ति को हन् ?

बुटवल, फागुन २ । विकट जिल्लाहरु मध्ये पर्ने रुकुममा जन्मिएर १३ वर्षको उमेरदेखि नै राजनितिक यात्राको शुरुवात गरेका माओवादी नेता पूर्ण बहादुर घर्ति पांच नं. प्रदेशको पहिलो सभामुख बनेका छन् ।

रुकुमको भूमे गाउंपालिका वडा नं ९ मा २०२४ साल असार २९ गते बुवा विरबहादुर घर्ती र आमा जयकली घर्तीको कोखबाट जन्मिएका पूर्ण बहादुर घर्तिले विद्यार्थी जिवनबाटै राजनितिक यात्राको शुरुवात गरे ।

२०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरेका घर्तिले २०४१ सालमा तत्कालिन मशालको पार्टी सदस्यता प्राप्त गरेका उनी २०४६ सालमा अनेरास्ववियु रुकुमको जिल्ला अध्यक्ष एवं पूर्णकालिन सदस्य बने । २०४८ सालमा नेकपा एकता केन्द्र जिल्ला उपसमिति रुकुमको पहिलो सम्मेलनबाट जिल्ला समितिमा निर्वाचित र एकता महाधिवेशन प्रतिनिधी बनेका उनी २०५३ सालदेखि २०५६ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरी बने ।

२०५७ मा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको केन्द्रिय सदस्य बनेका घर्ति २०५७ देखि २०५८ सम्म म्याग्दी, वाग्लुङ र रुकुमको इन्चार्ज तथा केन्द्रिय सदस्य बने । २०५७ मंसिर २९ गते जिल्ला जनसरकार रुकुमको प्रमुखमा निर्वाचित घर्ति २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्र अन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इन्चार्ज तथा केन्द्रिय सदस्य बने ।

२०६० सालमा सामना सांस्कृतिक परिवारको संयोजक, केन्द्रिय श्रव्यदृश्य विभाग प्रमुख तथा नेकपा माओवादी केन्द्रिय सदस्य २०६२ देखि २०६४ सम्म नेकपा माओवादी रुकुम जिल्ला इन्चार्ज, २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्ष, २०६५ देखि २०६७ सम्म एकिकृत नेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रिय सदस्य बने ।

२०६८ देखि २०७० सालसम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज तथा केन्द्रिय सदस्य, २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगराज इन्चार्ज तथा पोलिटव्युरो सदस्य, नेकपा माओवादी केन्द्र ५ नं. प्रदेश संयोजक तथा केन्द्रिय सचिवालय सदस्य रही जिम्मेवारी पुरा गरेका छन् । घर्ति पञ्चायत विरोधी आन्दोलनको क्रममा २०४५ साल पौष २७ गते रोल्पा लिवाङमा प्रहरीद्धारा गिरफ्तार परि चरम यातनाका साथ ५२ दिन हिरासतमा बिताए भने माओवादी जनयुद्धको क्रममा २०७१ देखि २०७३ सम्म जेल जीवन बिताएका छन् । गितसंगितमा समेत दख्खल राख्ने घर्तिले ढल्दैन त्यो बन्दुकले, एकै रातमा धर्ति हल्लियो, यात्रा हाम्रो लामो छ,  कस्ले भन्छ क्रान्ति यहां सफल हुंदैन जस्ता दर्जनौ चर्चित गीतसंगितहरुको रचना र त्यसमा स्वर भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्