Light Nepal

एकता संयोजन समितिको बैठवाट आयो यस्तो निर्णय, सरकारको नेतृत्व आलोपालो !

काठमांडौ, २ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवाद्यी केन्द्रका अध्यक्ष पुष्पकममद लाहाल प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । तर कुन नेताले कति वर्ष गर्ने भन्ने विषयमा भने टुंगो लागेको छैन ।

एकता संयोजन समितिको बैठक बस्नु अघि दुवै दलको स्थायी समिति बैठक बसेको थियो । बैठकमा दुवै पार्टीका अध्यक्षहरुले दुई नेताबीच भएको सहमतिका विषयमा ब्रिफिगं गरेका थिए । सो क्रममा उनीहरु बिच सरकारमा आलोपालो नेतृत्व गर्ने सहमति जुटेको कुरा बैठकमा सुनाएका हुन् ।

यसलाई अन्तिम रुप दिन मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेको छ । दुबै दलका नेताहरुले बताए अनुसार एकतापछि पार्टीमा प्रचण्ड र ओलीको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो हुनेछन् । यस अघि नै दुवै नेताहरुले पार्टीमा पनि दुवै नेताहरुको नेतृत्व रहने कुरा सार्वजनिक गरिसकेका छन् । ओलीले द्वि(अध्यक्षमा सहमति नजिक रहेको बताएका छन् भने प्रचण्डलेसहअध्यक्ष भनेका छन् ।

द्वी(अध्यक्ष कि सहअध्यक्ष भन्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाउने भएको छ । एक नेताले भने, ‘दुबै नेताले आफूहरुलाई सहज हुने गरी प्रस्ताव ल्याउने कुरा भएको छ ।’

एमाले र माओवादीबीच ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति पनि जुटेको छ । तर कुन नेताले कति वर्ष नेतृत्व गर्ने भन्ने विषयमा भने टुंगो नलागेको हो । माओवादी नेताहरुले सरकार र पार्टीको नेतृत्व गर्ने विषयमा यस अघि नै टुंगो लागिसकेको बताउदै आएका थिए । तर एमाले नेताहरुले भद्र सहमति भएको कुरा अस्वीकार गर्दै आएका थिए ।

यद्यपि वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमले सार्वजनिक रुपमा नै आलोपालो प्रधानमन्त्रीको सहमति भएको बताएका थिए ।

आजको बैठकले पार्टी एकता गर्ने सहमति भएको घोषणा गर्न सक्ने कताइएको छ । साथै विचार र संगठनबारे गृहकार्य गर्न दुई छुट्टाछुट्टै कार्यदल बनाउने सम्भावना छ । पार्टी कमिटीहरु छरितो बनाउने दुबै दलको सहमति छ । सम्भवतः केन्द्रीय कमिटी ९९, पोलिटब्यूरो ३३ र स्थायी कमिटी ११ सदस्यीय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्