नवराज सिलवालमाथि भएको अन्यायका विरुद्ध उत्रियो नागरिक समुह, बुधवार प्रदर्शन

लाइट नेपाल डटकम

काठमाण्डौ, १ फागुन । पुर्व डिआइजी नवराज सिलवाल विरुद्ध सरकारले गरेको अन्यायका विरुद्ध सडक संघर्ष गर्ने तयारी भएको छ । सचेत नेपाली नागरिकहरुको समुहको नामवाट सडक संघर्ष गर्ने तयारी भएको हो ।

नवराज सिलवाललाई कानुनी कारवाहीका लागि सरकारले दिएको दवाव नमानेका कारण काठमाडौका एसएसपी रविन्द्र धानुकलाई सरकारले सरुवा गरेको छ । उनलाई पुर्व डिआइजी सिलवाल बिरुद्ध मुद्दा दर्ता गर्न नमानेकै कारण सरुवा गरिएको भन्दै त्यसको विरोध गरिएको छ । त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौका प्रमुख सुर्यराज दाहाललाई समेत दर्ताको लागि पहल नगरेको भन्दै प्रधानमन्त्री र महान्यायाधिवक्ताद्धारा दवाव दिइएको छ । त्यसको विरोधमा सचेत नेपाली नागरिकहरुको एक समुहले भोलि बुधबार बिहान ९ बजे बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौ अगाडी दबाबमुलक प्रदर्शन भएका छन् । पहिलो चरणको आन्दोलन भन्दै सो समुहले सरकारले आफ्नो रवैया परिवर्तन नगरे अझ कडा संघर्ष गर्ने चेतावनी समेत दिएको छ ।

पूर्व डिआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालप्रति नरम भएको आरोपमा काठमाडौं प्रहरी परिसर प्रमुख रविन्द्र धानुकको सरुवा भएको छ । धानुकलाई संघीय इकाइ प्रहरी कार्यालय बागलुङ सरुवा गरिएको छ । उनको ठाउँमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा रहेका एसएसपी विश्वराज पोखरेललाई पठाइएको छ । धानुक आईतबारदेखि नै लागु हुनेगरि पांच दिन विदामा छन ।

गृहमन्त्रालयको समेत जिम्मेवारि सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा धानुकलाई हटाएर महानगरिय प्रहरी कार्यालयका विश्वराज पोखरेललाई काठमाण्डौ पठाएको हो । प्रहरीमा एसएसपी भन्दा माथिको सरुवा गृहमन्त्री स्तरिय निर्णयबाट हुने गर्दछ ।

पोखरेल प्रहरीको आईजीपी बढुवा सम्बन्धि कासमु किर्ते मुद्दाका प्रमुख अभियुक्त समेत हुन । उनि किर्ते काण्ड घटित हुदा प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाको प्रमुख थिए । प्रहरीमा कासमु सोहि शाखाका प्रमुखको नियन्त्रणमा रहने गर्दछ ।

शनिबारविहान प्रधानमन्त्री देउवाले परिसरका प्रमुख एसएसपी धानुकलाई बोलाएर ललितपुर १ का सांसद नवराज सिलवालका विरुद्ध अदालतमा मुद्दा दर्ता गर्न दवाव दिएका थिए । मुख्यसचिव लोकदर्शन रेग्मी, आईजीपी प्रकाश अर्याल र महानगरिय प्रहरी कार्यालयका एआईजी जयबहादुर चन्दकै अगाडि प्रधानमन्त्री देउवाले जसरी भए पनि सिलवाल विरुद्ध मुद्दा दर्ता गर्नु पर्ने आदेश दिएका थिए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com