पदभार सम्हालेको भोलिपल्टै सडक अनुगमनमा मुख्यमन्त्री

सिर्जना

हेटौंडा,१ फागुन – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सडक विस्तारको काम सुरु गरेको लामो समय बितिसक्दा पनि पुरा नभएको भन्दै आयोजना प्रमुखलाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

पदभार सम्हालेको भोलिपल्टै सडक अनुगमनमा निस्किएका मुख्यमन्त्री पौडेलले मंगलबार विस्तारको क्रममा रहेको नारायणगढ–मुग्लिन सडकखण्डको अनुगमन पछि यस्तो निर्देशन दिएका हन् । उनीसंगै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल पनि थिए ।

उनले समयमा काम सम्पन्न नगरे आयोजना नै खारेज गर्ने चेतावनी पनि दिएका छन् । सडक विस्तार सुरु भएको लामो समय बित्दा पनि नसकिएका कारण यात्रुले दिनहु सास्ती भोग्नु परेको छ । सडकमा भएका खाल्डा खुल्डी र अस्तब्यस्ताले सडक दुर्घटना समेत बढेको छ । मुख्यमन्त्रीको टोली १५ किलो भन्ने ठाउँ सम्म पुगेको थियो ।

अनुगमनकै क्रममा मुख्यमन्त्रीको टोलीले दासढुङगामा रहेको मदन भण्डारी र जिवराज आश्रतिको शालिकमा माल्यार्पण पनि गरेको थियो । मुख्यमन्त्रीलाई अहिलेसम्म आयोजनाको काम ७५ प्रतिशत सकिएको जानकारी गराइएको आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले बताए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com