Light Nepal

कोहलपुर महोत्सवमा दिनदिनै धमाका

कोहलपुर १ फागुन । बाँकेको कोहलपुरमा जारी कोहलपुर उद्यौगिक व्यापार तथा पर्यटन महोत्सवमा दिन दिनै रौनकता थपिदै गएको छ । महोत्सवको पाँचौं दिन आज चर्चित राष्ट्रिय तथा कलाकारहरुले महोत्सवको माहोल तताएका छन् ।

चर्चित लोक तथा दोहोरी गायिका पूर्णकला विसी चिटिक्क नेपाली पहिरनमा सजिएर मञ्चमा उक्लदा मञ्चको रौनकता नै छायो । गायिका विसीले शुरुमै ‘मायालुको सहरमा मेरो गाउँमा घर छ’ बोलको गित गाउँदा र्शकहरुलाई मन्त्रमुग्ध बनाइन् भने पुलिस वालाले बोलको गित गाउदा दर्शकहरु उफ्रि उफ्रि कम्मर मर्काइ मर्काइ नाचेका थिए । विसीले थुप्रै झ्याउरे, पञ्चैबाजा, देउडा लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै गायिका मिना निरौलाले स्तेजमा चढ्दा युवा युवतीहरु उफ्रिदै हुटिङ समेत गरेका थिए । निरौलाले काले दाई काले दाई बोलको गित गाउँदा त झनै महोत्सवको माहोल नै तातियो । निरौलो थुपु प्रस्तुति प्रस्तुत गर्दा दर्शकहरु कमर मरकाई मरकाई नाचेका थिए ।

यस्तै लोक गायक तथा मोडेल प्रकाश सपुतले आफ्नो प्रस्तुति देखाउदा दर्शकहरु मज्जैले रमाए । गायक सुरज थापाले आमाले सोध्लीन नी खोई छोरा भन्लीन बोलको गित गाउदा दर्शकहरु भावुक नै बने ।

साथै मोडेल टिका जैसीको नृत्यमा दर्शकहरु झुमेका थिए । यस्तै महोत्सको छैठां दिन भोलि लोकदोहारी गायक दिपक गरौजा, गायिका कला पंगेनी, हाँस्य कलाकार राजन राज शिवाकोटि, नृत्य निर्देशक शंकर विसी, नृत्याङगना अञ्जली अधिकारी लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्