Light Nepal

वामगठबन्धनको सरकारमा बाबुराम भट्टराई अर्थमन्त्री !

काठमाडौं, १ फागुन । वामगठबन्धनले सरकार बनाउने चर्चासंगै मन्त्री को बन्ने भन्ने विषयमा पनि चर्चा सुरु भएको छ । अब एक साता भित्रै वाम गठबन्धनको सरकार बन्दैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई पनि सहभागी हुने चर्चा सुरु भएको छ ।
वावुराम भट्टराईले यस्तो चाहना राखेको बुझिएको छ । यो खुलासासँगै नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ ।

हुन त बाबुरामले व्यक्तिगत रुपमा यस्तो चाहना राखेको सार्वजनिक अभिब्यक्ति भने दिएका छैनन् । तर आफ्नो अवको चाहना समृद्ध नेपाल भएको भने सार्वजनिक अभिब्यक्तिमा भनेका छन् । उनको पार्टीका नेताहरुले ओलीलाई भेटेर यस्तो प्रस्ताव गरेको स्रोतको दाबी छ ।

भट्टराई निक श्रोतका अनुसार अब स्थायी सरकार बन्ने भएकोले बाबुरामको चाहना ५ वर्षको लागि अर्थमन्त्री बनेर विकास योजनाहरु अघि सार्ने र कार्यान्वयन गर्ने चाहना छ ।

प्रतिक्रिया दिनुहोस्