प्रचण्ड र ओलीको आजको वार्ता निर्णायक , यस्तो आयो निष्कर्ष

सिर्जना

काठमाडौं, १ फागुन । एमाले र माओवादी केन्द्रका अध्यक्ष विच मंगलवार भएको वार्तामा दुई कार्यदल बनाउने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड विच मंगलवार भएको वार्तामा यस्तो सहमति भएको हो ।
वैचारिक र संगठनात्मक विषयलार्इ टुँगोमा पुर्याउनको लागि दुई वटा छुट्टाछुट्टै कार्यदल बनाउने सहमति भएको बताइएको छ ।

ललितपुरको मानभवनस्थित् एक व्यापारीको निवासमा भएको निर्णायक छलफलमा वैचारिक र संगठनात्मक विषयलार्इ टुँगोमा पुर्याउने गरी काम गर्ने सहमति भएको हो । त्यसका लागि दुई वटा छुट्टाछुट्टै कार्यदल बनाउने सहमति भएको छ ।

त्यस्तै आजको भएको दुई नेताबीचको वार्तामा भोलि दिउँसो २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको स्रोतको दाबी छ ।

ओली र प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष रहने, प्रधानमन्त्री आलोपालो गर्नै र एकतापछि पार्टीका नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने दुई अध्यक्षबीच सोमबार नै सहमति भएको उच्चस्रोतले जनाएका छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com