Light Nepal

प्रचण्डले जनयुद्धमा सहिद भएकाहरुको सपनालाई तिलाञ्जलि दिए, मोहन वैद्य

काठमाण्डौ १ फाल्गुन । क्रान्तिकारी माओबादीका महासचिव मोहन वैद्य किरणले प्रचण्ड पुर्व लडाकु भएर दश वर्षे जनयुद्धको महत्वलाई विर्सिएको आरोप लगाए । २३ औं जनयुद्ध समारोहको अवसरमा मंगलबार एमालेसंग तालमेल गरेको विषयलाई लिएर वैद्यले माओबादी अध्यक्ष प्रचण्डलाई जनयुद्धमा सहिद भएकाहरुको सपनालाई बलि चढाएको आरोप लगाए ।

वैद्यले कुनैपनि हालतमा एमाले र माओबादीको पार्टी एकताको विषयले मुर्त रुप नपाउने जिकीर गरे । उनले जनयुद्धका सहिदहरुलाई स्मरण गर्दै प्रचण्डले पार्टी एकताको विषयमा सहमति जनाउनु नै क्रान्तिकारीको बाटोलाई त्यागी एमालेको बलीको बोको हुन लागेको व्यंग्य गरे ।

समयको माग अनुसार चलेको माओबादीको नीतिलाई त्यागी आफ्नै अडानमा बसेका मोहन वैद्यले जनयुद्ध दिवसका अवसरमा पेरिस डाँडामा आयोजना गरिएको समारोहमा सरिक नभई काठमाण्डौको राष्ट्रि सभामा आफैले कार्यक्रमको आयोजना गरि जनयुद्ध दिवस मनाएका थिए । भिडियो सहित

प्रतिक्रिया दिनुहोस्