पेरिस डाँडामा जनयुद्ध दिवश, एनसेल टावरमा बम विस्फोट

लाइट नेपाल

काठमाडौं, १ फागुन । नेकपा माअाेवादी केन्द्रकाे पार्टी अफिस पेरिस डाँडामा २३ अाै जनयुद्ध दिवश मनाइरहेकै बेला उता पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ ।

रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले दिएकाे जानकारी अनुसार बम विष्फाेट हिजाे राती भएको थियो ।

विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेकाे छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीलेकाे अनुमान छ । स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो ।

प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको बताए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com