Light Nepal

शिवालयमा दर्शनार्थीको भीड

पोखरा, १ फागुन । महाशिवरात्रिका अवसरमा आज पोखरा र आसपासका लागेको छ ।

बिहानैदेखि पोखरा र आसपासका छोरेपाटनस्थित गुप्तेश्वर महादेव मन्दिर, विन्ध्यवासिनी परिसरस्थित शिवालय, भलामस्थित हरिहर महादेव मन्दिर, भरतपोखरी सिलिङ्गेस्थित सिद्देश्वर महादेव मन्दिर, मासबारस्थित पुस्करेश्वर महादेव मन्दिरलगायतका शिवालयमा दर्शनार्थीको भीड लागेको हो ।

महाशिवरात्रिका दिन भगवान् शिवलाई जल र गाईको दूध चढाएमा मनोकांक्षा पूरा हुने जनश्विास छ ।
सामाजिक सद्भाव, सुख शान्ति र समृद्धिको कामना गर्दै सिलिङ्गे महिला चेतना समूहले आज बरमाझथरस्थित सिद्धेश्वर शिव मन्दिरमा सामूहिक रुद्री लागाएको समूहकी अध्यक्ष कर्णकुमारी महतले जानकारी दिईन ।

प्रतिक्रिया दिनुहोस्