Light Nepal

यी हुन् एमालेमा खप्पर बलियो भएका चार नेता

काठमाडौं, १ फागुन । एमालेमा चार पुरूषको खप्पर बलियो देखिएको छ । समानुपातिकमा महिलालाई समावेश गरी संवैधानिक ग्यारेन्टिअनुसारको प्रतिनिधित्व गर्दागर्दै चार जना समावेशीकै आधारमा प्रतिनिधि सभामा पुग्ने भएका छन् ।
राष्ट्रियसभा निर्वाचनको परिणामअनुसार संघीय संसदमा महिलाको प्रतिनिधित्व संविधानअनुसार मिलाउँदा ४ जना पुरूषले मात्र ठाउँ पाए । संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने व्यवस्था छ । एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दुई र राष्ट्रियसभामा ११ गरी १३ महिला निर्वाचित भएका छन् । कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला निर्वाचित नभए पनि राष्ट्रियसभामा ६ जना छानिएका छन् । माओवादीबाट भने प्रतिनिधिसभा र राष्ट्रियसभामा तीन–तीन महिला निर्वाचित भएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीबाट ८० सिट ल्याएर प्रतिनिधिसभामा पहिलो दल बनेको एमालेले समानुपातिकतर्फ ४१ सिट पाएको छ ।


संविधानको धारा ८४ को व्यवस्थाअनुसार महिलाको प्रतिनिधित्व पु¥याउन एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सिटमध्ये ३७ जना महिला पठाउनुपर्ने छ भने चार जना मात्रै पुरूष पर्नेछन् । खस आर्यबाट मुकुन्द न्यौपाने, जनजातिबाट डा. विजय सुब्बा, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट मोहन वानीया र मधेशी तथा मुस्लिमबाट मोतीलाल दुगड प्रतिनिधिसभामा जाने भएका हुन् ।
एमालेले विभिन्न क्लस्टरबाट ५७ जना महिलाको नाम समानुपातिक बन्द सूचीमा पठाएको थियो । त्यसमध्ये २० जना भने सांसद बन्न पाउने छैनन् । खस आर्यबाट ११ जना महिलाले संसदमा ठाउँ पाउँदैछन् । यसअघि बुझाएको सूचीमा भने १७महिलाको नाम थियो । राधा ज्ञवाली, विन्दा पण्डे, गोमा देवकोटा, कल्याणीकुमारी खड्का, निरूदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम मात्र सांसदको सूचीमा परेका छन् ।
आदिवासी जनजाति समूहतर्फ एमालेले १६ जना महिलाको नाम समानुपातिक बन्द सूचीमा राखेकोमा १० जना परेका छन् । थममाया थापामगर देखि रामकुमारी झाँक्रिसम्मको क्रमसँख्या भित्र पर्ने सांसद बन्ने भएका छन् । शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, विना श्रेष्ठ, तुलसी थापा, नवीना लामा, शान्तिमाया तामाङ पाख्रिन, कमारी मेचे, विनादेवी बुढाथोकी मगर परेका छन् ।
एमाले दलितबाट ८ जना महिला उम्मेदवारलाई समानुपातिक बन्द सूचीमा राखीएकोमा ६ जना पर्ने भएका छन् । निरादेवी जैरू, विमला विश्वकर्मा, विमला विक, पार्वतीकुमारी विसुंखे, सानु शिवा, आशा कुमारी विक पर्ने भएका छन् । थारूबाट ४ जना महिलाको नाम समानुपातिक बन्द सूचीमा परेकामा ३ जना महिला निवाचित हुनेछन् । शान्ता चौधरी, लक्ष्मी कुमारी चौधरी, गंगा चौधरी सांसद बन्ने भएका छन् । मधेसीबाट ९ जना महिलाको नाम एमाले पार्टीको तर्फबाट समानुपातिक बन्द सूचीमा उल्लेख गरेकाम ६ जना मधेशी महिला निवाचित हुनेछन् । जुलीकुमारी महतो, पुष्पाकुमारी कर्ण यादव, सरलाकुमारी यादव, रेखाकुमारी झा, सरिताकुमारी गिरी, सिता यादव सासंद बन्दैछन् ।
१ जना मुस्लिम महिलाले मात्र प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछिन् । कालिला खानको नाम पहिलो नम्बरमा रहेकोले उनी सांसद बन्ने भएकी हुन् । निर्वाचन आयोगले समानुपातिकको बन्दसूचिबाट क्लस्टरका आधारमा नाम छनौट गरेर पठाउन तीन दिनको समय दिएको छ । सोहीअनुसार एमालेले सोमबार यी नामसूची पठाउन लागेको हो । आजको जनप्रहार साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्