आज सेना दिवस मनाइँदैं : सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दै

लाइट नेपाल

काठमाडौं, १ फागुन । नेपाली सेनाले मंगलबार सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ ।


नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सेनाले सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गर्दैछ ।

सैनिक मुख्यालय जङ्गीअड्डा मातहतमा रहेका पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछ ।

सेना दिवसको विशेष अतिथीका रुपमा भारतीय सेनाका प्रमुख विपिन रावत सहभागी हुन सोमबार नै नेपाल आउनुभएको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com