Light Nepal

साहित्यिक चौतारी नेपाल मलेसियाको चौथो बार्षिक उत्सव सम्पन्न । साहित्यिक क्रमिहरु सम्मानित

आर एन चौधरी मलेसिया २९ माघ। फलिदै छ हाम्रो बहुच सात समुन्द्र वारिपारी, जहाँ नेपाली साहित्यिक सर्जक त्यहाँ साहित्यिक चौतारी ,भन्ने मुल उद्देश्यका साथ साहित्य चौतारी नेपाल, शाखा मलेसियाले चौथो बार्षिक उत्सव तथा विशेष बृहत कार्यक्रम -२०१८ भव्यरुपमा सम्पन्न भएको छ ।

आइतबार मलेसियाको राजधानी क्वालालम्पुर स्थित गोर्खा रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ । साहित्यिक चौतारी मलेसियाका अध्यक्ष डिल्ली प्रसाद छत्कुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एन आर एन मलेसियाका संरक्षक भवानी शँकर तिवारीको रहनु भएको थियो भने अथितिहरु विश्व नेपाली साहित्यिक महासंघ तथा साहित्यिक चौतारी नेपाल मलेसिया शाखा संरक्षक जिवन देवान गाउँले हुनुहुन्थ्यो । साथै मलेसियामा गठित विभिन्न संघ-संस्थाका प्रतिनिधि,साहित्यकार,पत्रकार, ब्यवसायी,लगायत साहित्यिक मनहरुको बाक्लो उपस्थिति रहेको थियो।

उपस्थित साहित्यिक सर्जकहरुले नेपाली लोक दोहोरी गित सहित नृत्य पनि प्रस्तुत गरेका थिए । सोहि बार्षिक उत्सवको अवसरमा मलेसियामा बसेर साहित्य क्षेत्रमा योगदान पुर्याउनु हुने साहित्यकारहरु जगत खडका दोल्खाली ,दिपक खड्का,डिल्ली प्रसाद छत्कुली,कमल सरोवर ,अमर बिष्ट ,गजेन्द्र प्रसाद अवस्थी ,सुरेन्द्र बुर्लाकोटी,सुगम थापा मगर,अस्मिता शर्मा सुवेदी,लगायतलाई कार्यक्रमका प्रमुख अतिथी विशेष अतिथी र सभापतिले दोसल्ला ओढाइ सम्मान पत्र सहित सम्मान समेत गरेका थियो भने कार्यक्रमको सन्चालन कोषाध्यक्ष रेशम रसिक, सचीव कमल सरोवरले‌ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्