Light Nepal

स्पिनका जादुगर सन्दिप लामिछाने भए ‘म्यान अफ द म्याच’

काठमाण्डौ, २९ माघ । केन्या विरुद्ध स्पिनको जादु देखाउँदै १० ओभरमा ५ विकेट लिएका सन्दिप लामिछाने ‘म्यान अफ द म्याच’ भएका छन् । नेपालका स्पिनर बलर सन्दिप लामिछाने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन २ को जारी प्रतियोगिता अन्तरर्गत सोमवारको खेलमा ‘म्यान अफ द म्याच’ घोषित भएका हुन् ।

सोमवारको खेलमा उनकले १० ओभर बल फ्क्दा ५ ओभर मेडन राखेका थिए भने २० रन खर्चेका थिए । उनको इकोनो रेट २ रन प्रति ओभर रहेको थियो ।  सन्दिपको स्पिनको जादु संगै नेपालले केन्या माथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

१७८ रनको लक्ष्य पाएको नेपालले अन्तिम बलमा उक्त लक्ष्य भेटाएको हो । इन्डियन प्रिमियर लिगको टोली दिल्ली डेयर डेभिल्सले किनेसँगै चर्चाचाको शिखरमा रहेका नेपालका युवा स्पिनर सन्दीप लामिछानेले केन्याविरुद्ध सोमबार भएको खेलमा आफ्नो स्पिनको जादु पुनः देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्