Light Nepal

खेलमा आफ्नो स्पिनको जादु पुनः देखाएका सन्दीप लामिछानेको बलिङलाई आइसीसीले पनि गर्यो प्रशंसागर्दै यसो भन्यो (भिडियोसहित)

काठमाडौँ – इन्डियन प्रिमियर लिगको टोली दिल्ली डेयर डेभिल्सले किनेसँगै चर्चाचाको शिखरमा रहेका नेपालका युवा स्पिनर सन्दीप लामिछानेले केन्याविरुद्ध सोमबार भएको खेलमा आफ्नो स्पिनको जादु पुनः देखाएका छन् ।

आईसीसी विश्व क्रिकेट डिभिजन २ अन्तरत नेपालको चौथो खेलमा केन्या सन्दीपले स्पिनको जादुलाई कायमै राखेका हुन् ।  यो संगै आइसीसी डिभिजन टू मा केन्यासँग खेलिरहेको नेपाली टोलीका बलर सन्दीप लामिछानेको आइसीसीले प्रशंसा गरेको छ ।

सन्दीपले आज केन्याविरुद्धको खेलमा ५ विकेट लिएपछि आइसीसीले ट्वीट गर्दै लिस्ट ‘ए’ क्रिकेटमा नेपालका कुनै पनि बलरले गरेको यो उत्कृष्ट बलिङ भनेको छ ।
सन्दीपले १० ओभर बलिङ गर्दै ५ ओभर मेडन राखेर २० रनमात्र दिएका थिए र ५ विकेट लिएका थिए ।

यसअघि उनले संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा नेपालका लागि ५ ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिन सफल भए । सन्दीपले नेपालका लागि ५ ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । उनले खेलको १८औं ओभरमा लगातार २ विकेट लिएका थिए ।

नेपालले ओमानसँगको खेलमा पराजित हुँदा पनि युवा स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामी र वसन्त रेग्मीले एक-एक विकेट लिएका थिए।

त्यसैगरी नामिबियाविरुद्ध विजयी भएको पहिलो खेलमा पनि सन्दीपले ४ विकेट लिएका थिए । त्यो खेलमा सोमपाल कामीले ३, बसन्त रेग्मी, पारस खड्का र शरद भेषावकर एकएक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्