Light Nepal

लतिकाको प्रेममय शब्द र दिपा लामाको सुमधुरमा स्वरमा आयो ‘तिमि कहाँ म कहाँ’ (भिडियोसहित)

काठमाडौं, २९ माघ । नेपाली संगीत बजारमा भर्खरै एउटा नयाँ कोसेली आएको छ । लतिका श्रेष्ठको प्रेममय शब्दमा दिपा लामाको सुमधुरमा स्वरमा ‘तिमि कहाँ म कहाँ’ बोलको आधुनिक गीतको भिडियो सार्वजनिक भएको हो । गीतका शब्दहरुले प्रेमको सुन्दर परिकल्पना गरेका छन् । हरेक शब्दहरुमा प्रेम छल्केको छ र त्यसलाई गायिका दीपा राईको सुमधुर स्वरले थप रोमाञ्चक बनाएको छ ।

गीतमा बिनाद पछाईको संगीत रहेको छ भने संगीत संयोजन भने साहस शाक्यले गरेका छन् । रमणीय स्थानमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा चर्चित नायिका सारा श्रिपाली र अनिसले अभिनय गरेका छन् । अर्जुन अधिकारीको निर्देशनमा तयार भएको भिडियोले अहिलेको युवापुस्तालाई प्रेममय अनुभुति दिलाउनेछ । यही सोमबारमात्र सार्वजनिक भएको यो भिडियो युट्युबमा नवनारी मिडियाले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्