Light Nepal

गायक तथा संगीतकार दिपकको Valentine day स्पेशल गीत आउँदै ।

काठमाण्डौं २९ माघ । सधैं जसो फरक खालको म्युजिक भिडियो निर्माण गर्ने निहारिका फिल्मस ले यसपालि को प्रेम दिवस अर्थात Valentine day लाई लक्षित गरि एउटा अति नै रोमान्टिक म्युजिक भिडियो बजार मा ल्याउने भएको छ । दीपक श्रेष्ठ को सङ्गीत र स्वर भएको ” माया नै माया ” बोलको गित को रचना उहाँकै श्रीमति मनु श्रेष्ठले गर्नु भएको हो । आफ्नो जिवनमा पनि माया को उत्तिकै महत्त्व भएको बताउँदै यो गित ले हरेक साँचो माया गर्ने हरुको मन मुटु लाई छुने कुरा गयक दीपक श्रेष्ठले बताउनु हुन्छ । बुटवल को विभिन्न क्षेत्रमा छायांकन गरिएको उक्त गितमा आधुनिक शूटिङ्ग उपकरण हरु जस्तै Zhyiun Crane , Drone र 4k camera को प्रयोग भएको बताउनु हुन्छ गायक दीपक श्रेष्ठ । सधैंं नयाँ नयाँ कलाकार लाई मौका दिने निहारीका फिल्मस ले यसपाली नयाँ अनुहार रक भनिने रवि केसी र अञ्जली सुनारलाई यो भिडियोमा अभिनय गराएको छ । यहि गित को female version प्रसिद्ध गायिका आकान्क्षा बस्याल ले गाउनु भएको छ ,जस्को म्युजिक भिडियो पनि चाडै नै बजार मा ल्याउने निहारीका फिल्मसले बताएको छ ।
आफ्नो धेरै गितहरु मध्य आफुलाई एकदमै मन पर्ने यो गितको निर्देशन दीपक श्रेष्ठले आफै गर्नु भएको छ भने छायांकन र सम्पादन भने युवा छांयाकार योगेश शाक्यले गर्नु भएको छ । ” माया नै माया छ यो छाती भित्र, तिम्रै नाम लीई ढुकढुक गर्छ” बोलको गितले कति जना को मुटु ढुकढुकाउँछ , यो त भिडियो रिलिज भएपछी मात्र थाहा हुन्छ । अहिले लाई भने निहारीका फिल्मसको सम्पुर्ण टिमलाई लाईट नेपालको तर्फबाट हार्दिक शुभकामना ।।।

प्रतिक्रिया दिनुहोस्