धुमधाम बिहेगरेर ल्याएकी श्रीमतीले घरमा भित्र्याउन नपाउदै सुत्केरी भएपछि सबै चकित, जन्तीसंगै फिर्ता गरे बेहुली

लाइट नेपाल डटकम

लहान –  माइतीबाट अन्मिएको ५ घण्टा नबित्दै घर भित्र्याउने तयारी गरिरहेका बेला छोरा जन्माएपछि पुनः माइती फर्काइएकी बेहुलीलाई प्रेमीको घर भित्र्याइएको छ। सुखीपुर नगरपालिका– ४ पोखरियामा शुक्रबार विवाह भएर गएकी शोभाकुमारी रामलाई छोरा जन्माएलगत्तै नवजात शिशुसहित माइती फकाइएपछि शनिबार गाउँलेहरूले प्रेमी शैलेन्द्र रामको घरमा भित्र्याएका हुन्।

बेहुलीले जन्माएको नवजात शिशु। फोटो: मणिलाल विश्वकर्मा

सिरहाको बरियारपट्टि गाउँपालिका– ३ शिवनगरका रामबली रामकी छोरी शोभा विवाहमा आफूसँग गएका लोकन्तीहरूसँगै शिशुसहित माइती गाउँ फर्किएको भोलिपल्ट शनिबार गाउँलेहरूले प्रेमी शैलेन्द्रको घर भित्र्याएका हुन्। रामवलीका छिमेकी बहादुर रामका छोरा शैलेन्द्रले शोभाको शिशु सकारेपछि घर भित्र्याएको एक गाउँलेले जानकारी दिए।

करिब ४ महिनाअघि नै वैदेसिक रोजगारीका लागि खाडी मुलुक कतार गएका शैलेन्द्रलाई घरबाट त्यसको विषयमा फोनमाार्फत् सोधखोज गर्दा ‘शोभासँग सम्बन्ध भएको र गर्भवती बनेको’ स्वीकारेपछि घर भित्र्याइएको जनाइएको छ।

यो पढ्नुहोस 

अन्माएर पठाएको ५ घण्टा नबित्दै बेहुलीले यो तस्बिरमा भएको बच्चा पाएपछि सबै चकित

दुवै पक्षलाई आर्थिक जरिवाना
विवाह भएको १२ घण्टा नबित्दै शिशुसहित माइती फर्काइएपछि गाउँको बद्नामी भएको र शैलेन्द्रले उच्छृङ्खलताको हद नाघेको भन्दै स्थानीय गाउँलेहरूले दुवै पक्षलाई आर्थिक जरिवाना गर्ने निर्णय गरेका छन्। गाउँलेहरूले शनिबार नै शोभाका बाबुलाई २ लाख रुपैयाँ र शैलेन्द्रको परिवारलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको एक गाउँलेले बताए। माइतीघर नजिकै घर भएका प्रेमी शैलेन्द्रको घरमा भित्र्याइएकी शोभा अहिले नवजात छोरासँगै बसिरहेकी छन्।

करिब ४ महिनाअघिदेखि नै देखादेख र आवतजावत भएपछि दुवै परिवारको सहमतिमा सुखीपुर नगरपालिका– ४ पोखरियाका २१ वर्षका उमेशकुमार रामसँग शोभाको शुक्रबार विवाह भएको थियो। बेहुलीको रूपमा अन्मिएर साँझ बेहुलाको घरमा भित्र्याउने तयारी गरिरहेका बेला शोभा सुत्केरी भएकी थिइन्। त्यसपछि बेहुला पक्षले शोभासँगै आएका लोकन्तीसँगै सुत्केरी बेहुली शोभालाई फिर्ता गरिदिएका थिए। श्रोत थाहा खबर

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com