चीनको अर्को चमत्कार : पत्याउंनु हुन्छ, चीनमा बन्यो अपराधी पत्ता लगाउंने चश्मा

लाइट नेपाल डटकम

विज्ञान र प्रविधिको क्षेत्रमा चीनले छोटो समयमा लामो फड्को मारेको छ । यसैबिच बढ्दै गएको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै चीनले सुरक्षाकर्मीका लागि विशेष चश्मा प्रयोगमा ल्याइएको छ ।

नयाँ वर्षका लागि सुरक्षाको हाइटेक’ व्यवस्थाका लागी भन्दै यस्तो सुरक्षा सर्तकता अपनाउन ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्नका लागी यस्तो शर्तकता अपनाइएको सिन्ह्वाले जनाएको छ ।

सीसीटीभी क्यामेरासहितको चश्मा लगाएका सुरक्षाकर्मी ठाउँठाउँमा राखिएपछि आपराधिक नियत सहित अपराधीहरुले सहजै आफ्नो संदिग्ध गतिबिधि गर्न नपाउने चिनिया अधिकारीहरुले दाबी गरेका छन् । उक्त चश्मा लगाएपछि अपराधिलाई अन्य समयमा भन्दा सजिलै पत्ता लगाउन सकिने अधिकारीहरुको दाबी छ । एजेन्सी ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com