यी हुन् ४० कटेपनि उतिकै हट एण्ड हिट बलिउड हिरोईनहरु (फोटोफिचर)

लाइट नेपाल

बलिउडका केही चर्चित अभिनेत्रीहरु जो आमा बनिसकेर पनि उतिकै हिट एण्ड हट छन् । आमा बनिसकेर पनि उनीहरूको सुन्दरता उस्तै देख्न सकिन्छ । उमेर बढ्ढै गएको अनुसार उनीहरुको सुन्दरता पनि बढ्ढै गएको छ ।

मलाइका अरोडा
बर्ष – ४४

उनी फिल्ममा कमै देखिन्छिन् तर लोकप्रियताको मामलामा उनी अघि नै छिन् । खान खानदानकी पूर्व बुहारी मलाइका अरोड अक्सर आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहन्छिन् । उनले केही समय अघि अरबाज खानसँग डिभोर्स गरेकी हुन् ।

ऐश्वर्या राय बच्चन
बर्ष – ४४

 

ऐश्वर्या राय ७ बर्षिया छोरीकी आमा हुन् तर पनि उनको सुन्दरता अझै उस्तै छ । अहिले उनले एक नयाँ फिल्ममा साइन गरेकी छिन् । उनले त्यो फिल्मबाट १० करोड पारिश्रमिक पाउँछिन् । ऐश्वर्याले ‘रात और दिन’को रिमेकमा काम गर्न लागेकी हुन् ।

काजोल

बर्ष – ४४

एकपटक फेरी ठूलो पर्दामा मिसेज संघिम अर्थात काजोल देखिदैछिन् । काजोल आनन्द गान्धीको नाटकमा आधारित फिल्ममा काम गर्न लागेको बताइएको छ । काजोल दुई बच्चाकी आमा हुन् ।

शिल्पा शेट्टी

बर्ष – ४३

शिल्पा शेट्टी ४३ बर्षकी भएकी छन् । उनको सुन्दरता र फिटनेस अहिलेका हिरोइनको भन्दा कम छैन । उनी अहिले ‘सुपर डान्सर्स’ शो की जज गरिरहेकी छन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com