Light Nepal

आन्द्रामा दिसा जमेपछि एक युवाको पेट झन्डै फुटेन, डाक्टरले १३ किलोको आन्द्रालाई तीन घण्टा लामो शल्यक्रियामार्फत निकाल्न सफाल भए

डाक्टरहरुले एक युवकको ३० इन्च लामो लामो आन्द्रा शल्यक्रियामार्फत निकालेको छन् । उनलाई निकै दुर्लभ प्रकारको कब्जियत भएको थाहा भएपछि तत्काल शल्यक्रिया गरिएको हो ।

नाम नखुलाइएका २२ वर्षीय युवकलाई एचडी भनेर चिनिने ‘हिर्स्प्रङ्ग डिजिज’ नामक जन्मजात रोग लागेको थियो । जसका कारण उनको पेटभित्रको मांशपेशीमा नशाको कमी हुँदा दिसा पास हुन पाउँदैनथ्यो । यसो हुँदा ती युवकको पेट सानै उमेरदेखि फुल्न थालेको थियो ।

दिसालाई जर्बजस्ती पास गराउनका लागि उनले ल्याक्सेटिभ र कब्जियतका औषधीमा भर पर्नुपर्दथ्यो ।
पूर्वी चीनको साङ्घाइमा अवस्थित टेन्थ पिपल्स हस्पिटलका डाक्टर यिन लु र उनको समूहले ती युवकलाई भेट्दा उनको पेटको आकार देखेर तर्सिएको बताए । उनले भने, ‘उनको पेट जतिबेला पनि फुट्न सक्थ्यो जस्तो भान हुन्थ्यो ।’

उनको पेटमा महिनौंदेखि जमिरहेको दिसाले गर्दा उनको पेट निकै ठूलो भएको परिक्षण पछि थाहा भयो । उनको ३० इन्च लामो र १३ किलोको आन्द्रालाई तीन घण्टा लामो शल्यक्रियामार्फत निकालिएको छ ।बिरामीको अवस्था स्थिर रहेको र उनी पूर्ण रुपमा स्वस्थ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्