साहित्यिक चौतारी मलेसियाको चौथो बार्षिक उत्सव फेब्रुअरी ११ तारिख हुदै । संरक्षण, सम्बर्द्धन , साहित्यकारहरु सम्मानित हुने ( गर्नुहोस् बिबरण)

दिनेश खड्का (खप्तडी)

मलेसिया २३ माघ। साहित्यिक चौतारी नेपाल ,शाखा मलेसियाले चौथो बार्षिक उत्सव बिगत झै यस बर्ष पनि मनाउने भएको छ। फैलिदो छ हाम्रो पहुँच सात समुन्द्र वारिपारी ,जहाँ नेपाली साहित्य सर्जक त्यहाँ साहित्यिक चौतारी”भन्ने मुल नारा सहित बिगत बाट मनाउदै आएको बार्षिक उत्सव यस पटक पनि साहित्यिक विशेष बृहत कार्यक्रम गर्दै फेब्रुअरी ११ तारिख मलेसियाको राजधानी क्वालालम्पुर स्थित गोर्खा रेष्टुरेन्टको सभाहलमा हुन लागेको संस्थाकाले जानकारी दिएको छ ।

चौथो बार्षिक उत्सव कार्यक्रममा रोजगारीको शिलशिलामा प्रवास मलेसियामा बसि साहित्य क्षेत्रमा योगदान पुर्याएका बिशिष्ट ब्यक्तित्वहरुलाई सम्मान तथा बिदाई समेत गर्ने र बार्षिक प्रतिबेदन र अगामी योजना सार्वजनिक,सिर्जना तथा गजल वाचन कार्यक्रम, हुने बताइएको छ। कार्यक्रममा बिहान स्थानीय समय अनुसार बिहान १० बजे बाट सन्चालन हुने छ । संस्थाले विगतबाट बिभिन्न साहित्यिक विशेष कार्यक्रम गर्दै साहित्यको थप उचाइ राख्न सदैब अगाडि बढिरहेको छ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com