कबि स्वप्निल स्मृति कबिता कन्सर्ट २०१८ मलेसियामा सम्पन्न कवि दिप दर्शनलाई गर्यो भब्य सम्मान आखिर किन त ?(हेर्नुहोस बिबरण

दिनेश खड्का (खप्तडी)

मलेसिया। विश्वमा नेपाली साहित्यको बिस्तार हाम्रो अभियान , साहित्यबाटै नेपालको बेग्लै पहिचान भन्ने मुल नाराको साथ कवि स्वप्निल स्मृतिको साथमा कविता कन्सर्ट- २०१८ सम्पन्न भएको छ। मलेसियाको राजधानी क्वालालम्पुर स्थित द-फाइभ एलिमेन्ट होटेलमा आयोजित सो कविता कन्सर्टमा नेपाली राजदूतावास मलेसियाका द्धितिय सचीव बिनोद मुखियाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विशेष अतिथिको रुपमा नेपालबाट पाल्नु भएका कवि स्वप्निल स्मृतिले कविता कन्सर्टमा बज्रपात ,धोका,सङ्खेकिरा,बालुटार,लगायतका आधा दर्जन बढी कविताहरु वाचन गर्नु भएको थियो ।कार्यक्रममा साहित्य क्षेत्रमा योगदान पुर्याए बापत कवि स्वप्निल स्मृति र उदाउँदो तारा पेनाङ स्थापना गरेका अध्यक्ष कवि दिप दर्शनलाई प्रमुख अतिथी तथा सभापतिले दिसल्ला ओढाइ सम्मान पत्र सहित सम्मानित पनि गरेका थिए।

कार्यक्रममा एनआरएनका महासचिव सुन्दर आले,आइसिसी सदस्य विश्व राई ,पत्रकार आर सि गिरि,आर एन चौधरी थारु,गितकार राम रेप्चुङ राई ,ब्यवसायी दिल केरुङ लिम्बू,सितेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईराला,आदिवासी जनजाती महासंघ मलेसियाका प्रतिनिधि ङ्वाङ नुरि शेर्पा ,थारु समाजका वरिष्ठ उपाध्यक्ष राम प्रकाश चौधरी लगायत विभिन्न जातिय संघसंस्था,राजनितीक दलका भातृ सङ्गठनका प्रतिनिधिहरु ,दर्शकहरुको सहभागिता रहेको थियो। रवि किरणले राख्नु भएको कार्यक्रमको संचालन साहित्यकार जिवन देवान गाउँलेले गर्नु भएको थियो भने सभापतित्व विश्व नेपाली साहित्य महासंघ मलेसियाका कार्यवाहक अध्यक्ष कृष्ण लामिछानेको रहेको थियो ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com