Light Nepal

सुदुपश्चिमेली नेपाली समाज जापानको पाचौँ अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

जापान २२ माघ। सुदुरपश्चिमको विकासका लागि सुदूरपश्चिमेली भन्ने मूल नाराका साथ आईतबार फ्रेबुअरी ४ मा भएको अधिबेशनले आगामि २ वर्षका लागि एकेन्द्र थापाको अध्यक्षतामा १८ सदस्सीय नयाँ नेतृत्व चयन गरेको छ । निवर्तमान अध्यक्ष चन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा भएको महाधिबेशनको उदघाट्न तथा प्रमुख अतिथि अन्तराष्ट्रिय गैर आवासिय संघ एनआरएनएका अध्यक्ष भुवन भट्टले गर्नु भएको थियो । प्रमुख अतिथी भट्टले सुदुरपश्चिम क्षेत्रको बिकास लागी आफ्नो सहयोग सदाबहार रहीरहने बताउनु भयो ।


समाजले स्थापना गरेको १० लाखको अक्षय कोषका लागि नगद १ लाख समेत सहयोग गर्नु भएको थियो। नेपाल सरकारका जनप्रतिनिधि तथा प्रवासी नेपाली मंच जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ बिशिष्ट अतिथी रहनु भएको कार्यक्रममा जन सम्पर्क समिति जापानका उप सभापति नवराज थापा, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबी लाल भण्डारी, जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, पत्रकार महासंघ केन्द्रीय सदस्य पवन वर्षा शाह, अन्तराष्ट्रीय नेपाली समाज जापानका अध्यक्ष पदमसिंह ठगुन्ना, नया शक्तिका केन्द्रीय सदस्य भुवन रोक्का, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, सफल ब्यावसायी पुष्कर जंग थापा गोर्खा समाज जापानका अध्यक्ष सिएम भट्टराईको लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा सुदुरपश्चिमेली समाज जापानका संस्थापक अध्यक्ष चन्द्रराज उपाध्याय, एनआरएनए जापान सदस्य लाल बहादुर रावल आशीष, डा. भरत नेगी र सफल व्यवसायी दिपक सुवेदीलाई विशेष रुपले समाजका लागि योगदान पुर्याएको भन्दै सम्मान समेत गरिएको समाजले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्