Light Nepal

कुरा गर्दा गर्दै मोवाइलमा पैसा सकियो, धन्दा नमान्नुस् टेलिकमले दियो यस्तो अफर

काठमाण्डौ, २२ माघ । यदि तपाई नेपाल टेलिकमको प्रिपेड मोवाइल चलाउनु हुन्छ भने तपाईको लागि नेपाल टेलिकमले नयाँ अफर ल्याएबो छ । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ‘नमस्ते क्रेडिट सेवा’ सञ्चालनमा ल्याएको छ । प्रिपेड कार्ड प्रयोग गर्ने ग्राहकले अब फोन गर्दा गर्दै मोवाइलमा पैसा सकिए पनि फोन काटिने छैन । तपाईले कुरालाई निरन्तरता दिन पाउनु हुनेछ ।

नेपाल टेलिकमले आफ्नो १४ औं बार्षिकोत्सवको अवसरमा यस्तो सुविधा ल्याएको हो । सोमबार आयोजित बार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यो सेवा सुरुवात गरेका छन् ।

सोमवार सुरु गरिएको यो योजना पुरा कार्यान्वयनमा आउन भने एक महिनाको समय लाग्ने छ । ग्राहकले फोन गर्दा गर्दै पैसा सकिएपछि कति समय सम्मको लागि यो सुविधा दिने भनने विषयमा टुंगो लगाउन भने बाँकी नै छ ।

कति रकम पुग्दा सम्म पोन गरीरहन पाउने भनने विषयमा टुंगो लागिसकेपछि यो सुविधा पुर्णतया कार्यान्वयनमा आउने छ । ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ ।को छ । प्रिपेड कार्ड बाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् ।

नेपाल टेलिकमले आफ्नो १४ औं बार्षिकोत्सवको अवसरमा यस्तो सुविधा ल्याएको हो । सोमबार आयोजित बार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यो सेवा सुरुवात गरे ।

बार्षिकोत्सवको अवसरमा सुरु गरिएको यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । सोमवार संस्थाले यसको सफ्ट लञ्ज गरेको हो । यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी छ ।

अर्थात् ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण हुने भएको हो । ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ ।

प्रतिक्रिया दिनुहोस्