Light Nepal

एभरेष्ट मार्सल आर्ट ‘युएई’द्वारा नेपाली राष्ट्रिय क्रीकेट टिमलाई बिदाई

सुबास शर्मा, युएई –  आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू का लागि आइतबार युएईबाट नामिबिया प्रस्थान गरेको नेपाली टिमलाई ‘एभरेष्ट मार्सल आर्ट एण्ड स्पोटर्स क्लब’ युएईले एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ।

घरेलु प्रशिक्षण पछि १० दिनको बैदेशिक अभ्यासका लागि युएई गएको नेपाली टिमलाई नामिबिया प्रस्थान गर्नुअधि युएईको बरदुबईमा रहेको ‘काठमाडौ प्यालेस रेस्टुरेन्ट’मा एभरेष्ट मार्सल आर्टका पदाधिकारी संगै काठमाडौ प्यालेसका ब्यवस्थापकहरु को संयुक्त टोलिले बिदाई तथा सम्मान गरेको एभरेष्ट मार्सल आर्टका डाईरेक्टर रवि शाहीले बताउनु भयो।

युएई रहदा नेपालले तीन अभ्यास खेल खेलेको थियो । जसमा दुई खेलमा जित हात पार्दा एक खेलमा पराजित भएको थियो।अभ्यास खेलपछी नाबिबिया गएको नेपाली टिम समेत गरेर कुल ६ टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई स्थानमा रहन सके नेपालले २०१९ को मार्चमा जिम्वावेमा आयोजना हुने एकदिवसिय विश्वकप छनोट खेल्न पाउनेछ।

प्रतिक्रिया दिनुहोस्