हराएका जोन तामांग भेटिए, यस्तो छ अहिले जोनको अवस्था, भिडियो सहित

रुपनी जी.एम

ललितपुर १६ माघ । हाईकिंगमा गएका जोन तामांग बुधबार फुलचोकी जंगलमा भेटिएका छन् । उनी फुलचोकी जंगलको पहाडी खोंचमा अर्धचेत अवस्थामा भेटिएको उनलाई भेटाउने रेस्क्यु टीमका चन्द्र आलेले बताए ।

बुधबार १८ जनाको रेस्क्यु टीम जोनको खोजीमा ललितपुरको फुलचोकी जंगलमा जाँदा उक्त टीम मध्यका चन्द्र आलेले जोनलाई भेटेका हुन् । चन्द्रका अनुसार जोन डेन्जर एरियाबाट ४ सय मिटर तलको पाहाडी खोंचमा अडिएको अवस्थामा भेटिएका थिए ।

जोनलाई भेट्ने बित्तिकै फोटोको आधारमा आफुले चिनेको चन्द्रले बताए । चन्द्रले भने,“मैले उस्लाई भेटेपछि बोलाएँ । उस्ले सानो स्वरमा हँ मात्र भन्यो त्यसपछि मैले आफुसंग भएको पानी उस्लाई खान दिएँ ।” चन्द्रले थप्दै भने,“पानी खाएको केही समयपछि मैले कुकिज खान दिएँ । उस्ले खायो र मसंगै गएको अर्को साथी र मैले उस्लाई बोकेर जंगलबाट उद्धार गर्न सफल भयौं ।”

चन्द्रका अनुसार सात दिनसम्म बेपत्ता भएका जोनको अवस्था सामान्य नै मान्न सकिन्छ । उनको उपचार अहिले ललितपुरको वि एण्ड वि हस्पिटलमा भैरहेको छ । उपचारमा खटिएका डक्टरहरुले जोनलाई भेट्न नदिएका कारण जोनको अवस्था कस्तो छ भन्ने विषयमा खासै केही भन्न नसकिएको अवस्था हो ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com