दीपक मनाङे शपथ ग्रहणका लागि गएनन्, कहाँ छन् अहिले मनाङे ?

लाइट नेपाल

काठमाडौं, ७ माघ । मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे आइतबार भएको शपथ ग्रहणमा उपस्थित भएनन् । पोखरामा ४ नम्बर प्रदेशका सांसदको शपथ ग्रहण भएकोमा मनाङे अनुपस्थित रहेका हुन् ।

शपथ समारोहमा भाग लिन अरु सांसदलाई जस्तै मनाङेलाई पनि जिल्ला प्रशासन कार्यालय कास्कीले पत्र पठाएको थियो । तर प्रहरीले पक्राउ पूर्जी जारी गरेर उनलाई खोजीरहेको छ । शपथ समारोहमा जाँदा प्रहरीले पक्राउ गर्न सक्ने भएकाले उनी समारोहमा नगएका हुन् ।

मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।

सर्वोच्चले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनलसहितलाई दीपक मनाङेको समूहले खुकुरी प्रहार गरेको घटनामा यस्तो फैसला गरेको हो । चक्रे मिलनसहितलाई बागबजारमा खुकुरी हानेको घटनामा प्रहरीले मनाङेसहितविरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाएको थियो ।

संविधानमा नैतिक पतन भएका फौजदारी मुद्दामा दोषी ठहर भएका व्यक्तिले सांसद बन्न नपाउने व्यवस्था छ ।

यस्तै तनहुँको क्षेत्र नम्बर १ ‘क’ का सांसद सामबहादुर गुरुङ पनि शपथमा सहभागी हुनुभएन । एमालेबाट निर्वाचित गुरुङ विदेश रहेकाले शपथमा सहभागी नहुनु भएको हो ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com