Light Nepal

सुर्खेतमा सपथ ग्रहण पछि प्रदेश प्रमुखले के भने

सुर्खेत, ७ माघ । सुर्खेत, ७ माघ । प्रदेश नम्बर ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले पदभार ग्रहण गरेका छन् । । उनी लगायत प्रदेश ६ का सांसदहरु हेलिकप्टर चार्टर गरेर सपथ लिन सुर्खेत गएका थिए ।

विहान ११ वजे सुर्खेत पुगेका प्रदेश प्रमुखले पदभार ग्रहण गरेका हुन् । क्षेत्रीय वन निर्देशनालयमा स्थापना गरिएको प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् । प्रदेश प्रमुख खनाललाई नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

पदभार ग्रहणपछि प्रदेश प्रमुख खनालले सुनौलो र सुन्दर प्रदेश निर्माणको लागि आफूले सम्पुर्णको सहयोगको अपेक्षा गरेको बर्ता । ‘सुनौलो नेपाल भने जस्तै सुनौँ र सुन्दर प्रदेश नम्बर ६ निर्माण गर्नका लागि म समर्पण गर्दछु’ उनले भने, ‘अपेक्षा अनुसार मलाई सम्पूर्णले सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’

उनले गणतन्त्रपछि पहिलो पटक संघीय राज्य प्रणाली नयाँ अभ्यास भएको भन्दै नयाँ युग र नयाँ लक्ष्यमा पुग्ने विश्वास व्यक्त गरे । पदभार ग्रहणपछि प्रदेश प्रमुखले प्रदेश नम्बर ६ का प्रदेश सांसदहरुलाई आइतबार दिउँसो १ बजे पछि सपथ खुवाउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्