Light Nepal

कांग्रेसको बेइजेत भैसक्यो भन्दै सुजाता कोइरालाले मागिन् देउवाको राजीनामा (भिडियोसहित)

काठमाडौं । पछिल्लो चुनावमा अनपेक्षित मत परिणाम आएपछि नेपाली कांग्रेसका नेताहरुबीच भेटघाट र छलफल तिब्र हुँदैआएको छ । पार्टीका केन्द्रीय स्तरका नेताहरु विभिन्न समूहमा अनौपचारिक छलफलमा केन्द्रित छन् । पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायत नेताहरु आआफ्नै किसिमले आन्तरिक छलफलमा लागेका हुन् ।

यस्ता भेटघाट र छलफलको लगभग साझा समीक्षा के छ भने, ‘चुनावमा पार्टी कमजोर भयो ।’ पार्टी स्थापना र संगठन विस्तारमा लामो भूमिका रहेको कोइराला परिवारमा भने पार्टीको चिन्ता सँगै पारिवारिक प्रभाव खस्केको चिन्ता थपिएको छ । यही सन्दर्भमा कांग्रेस नेत्री सुजाता कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकको दुई दिनअघि कोइराला परिवारका दुई प्रभावशाली नेता शशांक कोइराला र शेखर कोइरालालाई निवासमै बोलाएर छलफल गरिन् । अन्तरवार्ताको क्रममा सुजाताले पहिलोपटक आफ्नै पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्